अष्ट्रेलियामा धुमधामका साथ उधौली मनाइयो

15493577_10154419171963292_1130594569683390073_o

सिड्नी पुस ३ ।

अष्ट्रेलियाको सिड्नीमा किराती समुदाया मनाइन्ने उधौली साकेला तथा चासोक भब्यरुपमा आयोजना गरी सम्पन्न गरिएको छ । किरात समाज एन एस डब्लुले आयोजना  गरेको कार्यक्रम १७ डिसेम्बर  सनिबार टेम्पेको  गौउ यट्लम पार्कमा आयोजन गरिएको थियो ।

15493577_10154419171963292_1130594569683390073_ophoto- Ashish Lohorung

कार्यक्रमको सुरुवात   प्रकृतीको पुजा गरी सुरु गरिएको थियो भने किरात राइ समुदायमा नाचिन्ने सकेला  निर्त्य र लिम्बु समुदायमा नचिन्ने केलाङ  च्याप्रुङ र पलाम समेत नाचिएको थियो ।साथै परम्परगत खेल छलो   र बक्चाहरुको लागी दौड  प्रतियोगिता समेत  आयोजना गरिएको  थियो ।

सिड्नी  सेरो फेरोको किरातीहरु  ब्यापक सहभागिता रहनुको साथै  विभिन्न   सस्थाको प्रतीनिधिहरुको समेत सहभागिता  रहेको थोयो । यसपाली  सिड्निको  कार्यक्रममा  सहभागी हुनको लागी मेल्बर्न , एडिलेड्,  बृस्बेन र  पोर्ट मेक्यारीको  किरातीहरुको पनि   उपस्थिती रहेको थियो ।

आयोजक अतर्गतको  सम्योजक  चित्र बाहदुर तुम्बहाम्फे  ले सकेसम्म हरेक उमेर र समुदायलाई कसरी समेट्न सकिन्छ भन्ने हाम्रो नयाँ कार्ययोजना रहदै आइरहेको र अहिले आसा लाग्दो सहभागिता हुँदै आएको   बताउनु भएको थियो ।

15626229_10154419171018292_8539745867443911228_ophoto- Ashish Lohorung

रामकुमार सिप्तुङ्खा

Be the first to comment on "अष्ट्रेलियामा धुमधामका साथ उधौली मनाइयो"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes