अष्ट्रेलिया बाट संजीव पराजुलीको ‘झिलमिल झिलमिल’ गीतको भिडियो सर्वजनिक

12783580_575085072640968_2626515158511463676_o

 

नेपाली सुगम संगितमा “झिलमिल झिलमिल” बोलको गीतले आफ्नो खाता खोलेको छ | संजिब पराजुली भन्ने बित्तिकै हामी ति लक्का जवान पहिलो नेपाली तारामा सबैलाई आफ्नो स्वरले लत्ठ पार्न सक्ने ठितौली केटा को याद आउने गर्दछ | हो, त्यही सन्जिब पराजुली झनै आफ्नो आवाजलाई तिखारेर आफ्नो स्रोता माझ पहिलो एल्मब “सुनय” लिएर आउँदैछन | यही एल्बम बाट “झिलमिल झिलमिल” बोलको गीत आज सार्वजनिक भएको छ |

होमनाथ न्यौपानेको शब्द रचना र दिपक भट्टराईले संगीत भर्नु भएको झिलमिल झिलमिल गीतलाई गोपाल रसाइलीलको संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतलाई देख्न सकिन्छ भने निर्देशन लक्ष्मण पौडेलले गर्नुभएको छ |

पहिलो नेपाली तारामा टप १२ सम्मको सफल यात्रा तय गरेका कर्णप्रिय स्वरका धनि गायक पराजुलीको यो गीतले श्रोता र दर्शक दुवैको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ ।

Be the first to comment on "अष्ट्रेलिया बाट संजीव पराजुलीको ‘झिलमिल झिलमिल’ गीतको भिडियो सर्वजनिक"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes