किरण भण्डारीको “हातैमा चुरा बजारमा”

12042843_10206995983450426_5529985073069898002_n

नेपाली संगीत क्षेत्रमा एक उदियमान संगीतकारको उदय भएको छ | संगीतमा राम्रो ज्ञान भएको ती ब्यक्तिहुन किरण भण्डारी | भर्खरै भ्यालेन्टाइन्सको अबसर पारेर किरण भण्डारीको शब्द,संगीत अनि राजेश पायल र टिका प्रसाइको स्वरमा रहेको हातैमा चुरा बोलको गीत बजारमा आएको छ | हाल सिड्नीमा बस्दै आएका किरण भण्डारीको पहिलो गीत १५ बर्ष अघिनै रेकर्ड भएको थियो | अहिले सम्म २० वटा भन्दा धेरै गीतहरुमा संगीत् भर्नुका साथै उत्तिकै संख्यामा संगीत् संयोजन पनि गरिसकेका छन | हालसम्म तीन गीतहरुको भिडियो बजारमा अाइसकेका छन | झुटो कुरा २०१४, मुटुको मिटर २०१५ र हालै बजारमा आएको हातैमा चुरा हुन |

 

किरण भण्डारीको संगीत नेपाली संगीताकाशमा नौलो प्रयोग भन्न सकिन्छ | उहांको संगीत नेपाली संगीत पारखीहरुलाई छुट्टै अनुभब हुनसक्छ | यसको उदाहरण हालै बजारमा आएको “हातैमा चुरा” हो | बिगत दुई दशक देखी संगीतमा साधनारत भण्डारी आँफैमा एउटा कुशल गायक, तबला बादक र संगीत संयोजक पनि हुन | परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई सधैं माया गरिरहने किरण भण्डारीको योगदानलाई सधैं नेपालीहरुले सम्झिरहने छन |

https://youtu.be/iSq69yZzubwiframe>

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/iSq69yZzubw” frameborder=”0″ allowfullscreen></iframe>

 

Be the first to comment on "किरण भण्डारीको “हातैमा चुरा बजारमा”"

Leave a comment

Your email address will not be published.


*


buy facebook likes